आगलागीबाट विस्थापितलाई राहत प्रदान

हिमालय टाइम्स
Read Time = 1 min

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ ।

पुस १० गते भएको आगलागीबाट विस्थापित भएका ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल बिस्कामका मंगलधन तामाङको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो ।

विस्थापित परिवारलाई गाउँपालिकाले गाउँपालिकाको विपद कोषबाट नगद २० हजार, खाद्यान्न र भाँडाकुँडा प्रदान गरेको हो ।

गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारी र ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोलका वडाध्यक्ष नन्दकुमार तामाङ, महिला सदस्य कमलादेवी तामाङ लगायतले आगलागी पीडितलाई राहत प्रदान गर्नुभएको हो ।

आगलागीमा विस्थापित तामाङको ६ जनाको परिवार पाल टाँगेर बसिरहनु भएको छ । आगलागीमा तामाङको चार लाख बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?