संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा विभिन्न पुरस्कार घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत ‘योगमाया राष्ट्रिय पुरस्कार-२०७९’ भोजपुर कुलुङका साहित्यकार पवन आलोक कँडेललाई प्रदान गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्रकुमार केसीद्वारा प्रेषित विज्ञप्तिमा सो जानकारी गराइएको छ ।

त्यस्तै, मन्त्रालयको विज्ञप्तिअनुसार भाषा एवं साहित्यतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार-२०७९’ बाट काठमाडौंका साहित्यकार नरेन्द्रराज पौडेललाई पुरस्कृत गर्ने निर्णय गरिएको छ ।

यसैगरी भाषा साहित्यतर्फको ‘प्रादेशिक प्रतिभा पुरस्कार-२०७९’ कोशी प्रदेशबाट डिकप्रसाद बान्तबा, मधेश प्रदेशबाट सञ्जय साह, बागमती प्रदेशबाट डा. लोकबहादुर लोप्चन, गण्डकी प्रदेशबाट छायादत्त न्यौपाने (बगर), लुम्बिनी प्रदेशबाट शोभाराम चौधरी (शेखर दहित), कर्णाली प्रदेशबाट देवकी तिमल्सिना (समीक्षा) र सुदूरपश्चिम प्रदेशबाट भरतकुमार साउदलाई प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?