सन्दीपबिरुद्धको जाहेरी : किशोरी जन्मेकाे अस्पतालबाट कागजात झिकाउन आदेश

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । वलात्कारको आरोप लगाउँदै नेपाली क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ ।

मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेबिरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताउनु भयो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले सन्दीप लामिछानेबिरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरु सम्बन्धित कार्यालयहरुबाट मगाउनु भन्ने आदेश दिएको बताउनु भयो । उहाँले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा वकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि वकपत्रका लागि बोलाउन आदेश दिएको बताउनु भयो । उहाँले अदालतले पीडित भनिएकी युवतीको दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन आदेश दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सन्दीप लामिछानेबिरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न, पीडित भनिएकी युवतीको जन्मको बारेमा सम्बन्धित कागजातहरु सम्बन्धित कार्यालयहरुबाट मगाउनु भन्ने आदेश भयो । आदेशपछि वकपत्र पनि शुरु भयो । मागिएका कागजातहरु पनि सम्मानित अदालतमा दिन भनिएको छ । वकपत्रको क्रममा सबै साक्षिहरु जाहेरवालको तर्फबाट सरकारी साक्षिहरु र प्रतिवादी सन्दीप लामिछानेको साक्षिहरुको वकपत्र भयो । दुई जनाको हुन सकेन । २ जना उपस्थित रहनुभएन । क्रिकेटर देव खनाल, मेडिकल टेस्ट गर्ने डाक्टर उपस्थित हुनुभएको थिएन । उहाँहरु २ जनाको वकपत्र नभएको हुनाले आज पेशीमा चढेको छ । दुई जनालाई बोलाउन र पीडित भनिएकी युवतीको दाजुले वीरगञ्जको अस्पतालमा जन्मिएको भन्नेकुरा गरेकाले उहाँ सम्बन्धित अस्पतालबाट जन्ममिति पठाउन आदेश भएको अवस्था छ । देव खनालसँग वकपत्र गर्ने, दोस्रो डाक्टरसँग वकपत्र गर्ने, सम्बन्धित अस्पतालबाट विवरण ल्याउने आदेश भएको छ ।’

अधिवक्ता घिमिरेले सन्दीप लामिछानेबिरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुर्याउने बताउनु भयो । उहाँले अबको करिव ३ मिहनासम्ममा सबै विषय टुंगिने दाबी गर्नुभयो । अधिवक्ता घिमिरेले क्रिकेटर लामिछानेमा आफू निर्दोष छु भन्ने आत्मविश्वास रहेको बताउनु भयो । उहाँले उमेरका कारण केस नलम्बिएको भन्दै आफ्नो पहिलो प्राथमिकता उमेर भन्दापनि सन्दीपको 'निर्दोष छु' भन्ने आत्मविश्वासलाई साबित गर्नेकुरामा रहेको बताउनु भयो ।

उहाँले नेपालले पछिल्लो समय क्रिकेटमा पराजय व्यहोरीरहेकोमा सन्दीप चिन्तित रहेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?