गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित निर्माणाधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आरोपपत्र दायर गरिनेमा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर रामविनयप्रसाद यादव र सब इन्जिनियर उमेशकुमार दास छन् ।

उनीहरूविरूद्ध परेको उजुरी अनुसन्धान गर्दा रामजानकी मन्दिर निर्माणमा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मुल्यांककन गरी चढाएको तथा ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी सिफारिससमेत गरी फिल्डमा वास्तविक कार्यभन्दा बढी मूल्यांककन गराई भुक्तानी र कार्य सम्झौता विपरीत कार्यसम्पन्न भएको भनी ९७ हजार आठ सय ४० रुपैयाँ बढी भुक्तानी भएको फेला परेको अख्तियारको भनाइ छ ।

उनीहरूलाई कानुन बमोजिमको कैद र जरिवानाको सजाय मागदाबी गर्दै बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?