निःशुल्क तरकारी खेती तालिम सुरु

Read Time = 1 min

काठमाडौं । एसियन फोरमको आयोजनामा तीनदिने निःशुल्क व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम सुरु भएको छ । स्वदेश फर्किएका आप्रवासी श्रमिकको दिगो आर्थिक विकासका लागि कृषि कार्यक्रम अभियानअन्तर्गत एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम) को आयोजनामा तालिम सुरु भएको हो ।

सलोम एग्रिकल्चर प्रालिको कार्यालय बालाजुमा सुरु भएको तालिममा ४५ जना प्रशिक्षार्थी सहभागी रहेको र कृषि क्षेत्रका विज्ञहरूले तालिम प्रदान गर्ने एसियन फोरमका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभएको छ । एसियन फोरमले विगत १८ वर्षदेखि विदेशबाट फर्किएर नेपालमै केही गर्न चाहनेको पक्षमा काम गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?