रोशनलाई संगीतकारको अवार्ड

Read Time = 3 mins

काठमाडौं । रोशन वान्तवाले राष्ट्रिय भाव संगीतकारको अवार्ड प्राप्त गर्नुभएको छ । उहाँले हालै राजधानीमा सम्पन्न भएको सगरमाथा म्युजिक अवार्डमा यो अवार्ड चुम्न सफल हुनुभएको हो । सो समारोहमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई १७ हजार ६९६ नगदसहित सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई आठ हजार ८४८ नगद रुपैयाँसहित सगरमाथा कला पत्रकारिता रजतबाट सम्मानित गरिएको थियो भने सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई प्रदान गरिएको थियो ।

त्यस्तै, सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरिएको थियो । यस्तै, लोकगायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारीलगायतकालाई सम्मान गरिएको थियो । मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा विभिन्न ५० विधामा गीतसंगीतका सर्जकलाई अवार्ड प्रदान गरिएको थियो ।

पाँचथरको मिक्लाजुङ-५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत् धेरैको मन जित्न सफल रोशनका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । नेपाली सांगीतिक क्षेत्रमा २२ वर्षदेखि उत्कृष्ट सिर्जना पस्किरहनुभएका राईका गिटारको, पियानोको र कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् ।

उहाँका ‘ढाका टोपी मैलो’, ‘शुभकामना तिमीलाई यो मनको’, ‘पुरानो भो भन्छन्’, ‘हरियाली वसन्तले’, ‘धरानै बजार’, ‘माइबेनीमा आँखा जुध्यो’, ‘डुबें डुबें’, ‘याद’, ‘गौतम बुद्ध’, ‘मलाई नै हो कि कल्लाई पो हो’ लगायत गीत लोकप्रिय रहेका छन् । संगीत विद्यालय खोलेर गति संगीतको श्रीवृद्धिमा निरन्तर लागिरहनुभएका राईले आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धीरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?