निर्माण व्यवसायीद्वारा अर्थमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सोमबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरी निर्माण उद्योगका समस्याबारे ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्रीद्वयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको भन्दै निर्माण उद्योग सक्षम तथा सबल बनाउन निर्माण क्षेत्रका समस्याबारे छलफल गर्न सरकार तयार रहेको बताउनुभयो । तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न उहाँले निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको भन्दै निर्माण उद्योग सक्षम तथा सबल बनाउन निर्माण क्षेत्रका समस्या समस्याबारे छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

त्यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफू जानकार रहेको भन्दै निर्माण उद्योगको समस्या अध्ययन गरी समाधान खोजिने जानकारी दिनुभयो । उहाँले व्यवसायीलाई कसेर नभई सहकार्य गर्दै अघि बढ्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो । गृहमन्त्री लामिछानेले जनचाहनाअनुसार गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकता दिन व्यवसायीलाई सुझाव दिनुभयो । उपप्रधानमन्त्रीद्वयसमक्ष महासंघका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको भन्दै सार्वजनिक खरिदका कानुनअनुसार निर्माण व्यवसायीले पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेसन रकम उपलब्ध गराउन आग्रह गर्नुभयो । निर्माण सम्पन्न भएका परियोजनाको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायी चर्को आर्थिक मारमा परेको उहाँको भनाइ थियो । महासंघले धरौटी रकम फिर्ता, पाँच प्याकेज कार्यान्वयन, शान्ति सुरक्षालगायतका विषयमा पनि ध्यानाकर्षण गराएको हो ।

तिनिधिमण्डलमा महासंघका सल्लाहकार यक्षध्वज कार्की, टेकबहादुर सेठी, वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, सहकोषाध्यक्ष सन्तोष शाह, कार्यसमिति सदस्य अशोककुमार केसी, दानबहादुर खड्का, उज्वल गौतम, बालाजु श्रेष्ठलगायतको सहभागिता रहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?