भुक्तानी सेवा प्रदायक शिखर सम्मेलन हुने

Read Time = 1 min

काठमाडौं । सयपत्री टेक्नोलोजिसले पहिलो वार्षिक भुक्तानी सेवा प्रदायक(पिएसपी) शिखर सम्मेलन जनवरी १० मा आयोजना गर्ने भएको छ । सम्मेलनले भुक्तानी सेवा प्रदायक उद्योगको पछिल्लो प्रवृत्ति र विकासबारे छलफल गर्न उद्योग व्यवसायी र विचारशील नेताहरूलाई एकसाथ ल्याउने भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख विशेषज्ञसँग प्यानल छलफलका साथै भारत-पेका संस्थापक अशनिर ग्रोभरको पनि प्रस्तुतीकरण रहनेछ । भारत-पे एक वित्तीय प्रविधि कम्पनी हो, जसले डिजिटल भुक्तानीको प्रवद्र्धन गर्दै आएको छ । २०१८ मा स्थापित कम्पनीले व्यापारीका लागि प्वाइन्ट-अफ सेल्स यन्त्र र क्युआर कोड आधारित भुक्तानीसहित भुक्तानी समाधानको दायरा प्रदान गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?