ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । इलाम नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई इलाममा न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम सुरु भएसँगै इलाम नगपालिका-९ का ज्येष्ठ नागरिकको सम्मानस्वरूप ७५ वर्ष माथिका १५० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो ।

यसका साथै ज्येष्ठ नगारिकहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । जिउँदो इतिहासका रूपमा रहेका उनीहरूलाई चिसोमा न्यानो कपडा लागाई जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने उद्देश्यले सम्मान गरेको वडाध्यक्ष गोपाल चौहानले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष चौहानले यो निर्वाचित भएर आएको पहिलो वर्ष रहेको बताउँदै आगामी वर्षहरूमा पनि यी र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ । स्थानीय नागरिकहरूको मनोभावना बुझेर नगरपालिकाले समाजिक सुरक्षा भक्ता सहज रूपमा वडाबाटै वितरण गर्ने व्यवस्थासमेत सुरु गरेको नगरपालिका उपप्रमुख विष्णुकुमारी दाहालले बताउनुभयो ।

यता, नगरपालिकाका प्रमुख केदार थापाले वृद्ध वृद्धाहरूको हकहित तथा सहयोगको लागि पालिकाले विभिन्न खाले कार्यक्रममार्फत सहयोग गरिरहेको बताउनुभएको छ । थापाले स्थानीय सरकार भएको अनुभूति दिलाउन सबैै वडामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलगायत विभिन्न खालका लक्षित कार्यक्रम सञ्चालन गरिरहेका बताउनुभयो । न्यानो कपडा पाएसँगै ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?