माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

सरकारलाई विश्वासको मत दिने दिन नजिकिँदै गर्दा सोको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।

बैठकमा प्रतिनिधि सभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?