सिजीनेटको पोस्टपेड इन्टरनेट सेवा

Read Time = 1 min

काठमाडौं । पहिले सेवा पछि पैसाको अवधारणाअनुसार इन्टरनेट सेवा प्रदायक सिजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । योजनाअन्तर्गत कम्पनीले एक हजार ४९ मा दुई सय ५० एमबिपिएस र ११ सय ५४ रुपैयाँ प्रतिमहिनामा दुई सय ५० एमबिपिएस र आइपिटिभी प्रदान गर्ने जनाएको छ ।

यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोस्टपेड प्लानबाट उच्च लाभ लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो नियमित प्रिपेड प्लानभन्दा सस्तो छ, जसले मासिकरूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ । साथै, फिर्ता गर्ने गरी दुई हजार पाँच सय रुपैयाँ धरौटीबाहेक ग्राहकले राउटर, ड्रप-वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?