निर्वाचन आयोगद्वारा स्याङ्जामा निर्वाचन समीक्षा कार्यशाला सम्पन्न

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । निर्वाचन आयोगद्वारा निर्वाचनका विविध पक्षमा सुझाव संकलन गरी आगामी निर्वाचन अझै प्रभावकारी बनाउने उद्देश्यले स्याङ्जामा निर्वाचन समीक्षा कार्यशाला सम्पन्न भएको छ । बिहीबार स्याङ्जाको सहयात्री हलमा सम्पन्न भएको उक्त कार्यशालामा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को समीक्षा कार्यक्रममा निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधर, मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश रोमाकान्त ज्ञवाली, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री लगायत निर्वाचनसँग सम्बन्धित कर्मचारी र करिब ३० जना निर्वाचनमा खटिएका मतदान अधिकृतहरूको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले आवधिक निर्वाचनको महत्वमाथि प्रकाश पार्दै निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभएको थियो । विगतमा भएका अभ्यास र अनुभवबाट पाठ सिकेर आगामी दिनमा निर्वाचनलाई अझै प्रभावकारी र शान्तिपूर्ण बनाउन समीक्षा र छलफलले सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा न्यायधीश रोमाकान्त ज्ञवालीले निर्वाचन मूलभूत रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै निर्वाचन प्रभावकारी बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण रहने बताउँदै सबै नागरिक जिम्मेवार हुनसके आवधिक निर्वाचन सहज रुपमा सम्पन्न हुने बताउनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका खेल्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले मतदाता शिक्षालाई अझै प्रभावकारी बनाएर बदर मत कम गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले निर्वाचनका विविध पक्षमाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रममा सहभागी मतदान अधिकृतहज्ञका बीचमा पाँच वटा समूह बनाइ छलफलमार्फत् सुझावसहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । यसप्रकारको कार्यशाला र छलफलबाट आगामी निर्वाचन प्रभावकारी रुपमा सम्पन्न गर्न सहज हुने सहभागीहरूले बताएका थिए ।

मतदाता शिक्षा, निर्वाचनको तयारी, मतदान केन्द्र, निर्वाचन सञ्चालन, मतदान प्रक्रिया, मतगणना, शान्ति सुरक्षा, निर्वाचन आचार संहिताको पालना, मतदाता परिचयपत्रको प्रभावकारिता लगायतका विविध पक्षमा सम्बन्धित सहभागी अधिकृतहरुद्वारा समीक्षा तथा सुझाव प्रस्तुत गरिएको थियो । आगामी निर्वाचन अझै स्वच्छ, शान्तिपूर्ण, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि विगतको निर्वाचनको समीक्षा गरिएको निर्वाचन आयोगका प्रवक्ताले बताउनुभएको थियो ।

उक्त कार्यशाला कार्यक्रमको अध्यक्षता निर्वाचन आयुक्त डा.तुलाधरले र सञ्चालन निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?