सुदूरपश्चिममा सभामुख पदको निर्वाचन आज हुँदै

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सभामुख पदको निर्वाचन शनिबार हुने भएको छ ।

शनिबार दिउँसो सम्पन्न सर्वदलीय बैठकले शनिबार साँझ ६ बजे निर्वाचन गर्ने निर्णय गरेको हो । प्रदेश सभामुख पदका लागि नेकपा माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार रहनु भएको छ ।

बिहिबार दुवै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमत ल्याउन २७ मत आवश्यक पर्छ । सर्वदलीय बैठकमा प्रदेश सभामा सहभागी सबै दलका प्रतिनिधिहरू सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?