पोषण पाण्डेको ९०औं जन्मजयन्ती : खेलकुद तथा शैक्षिक सामाग्री वितरण

Read Time = 2 mins

काठमाडौं । वरिष्ठ साहित्यकार पोषण पाण्डेको ९०औं जन्मजयन्ती मनाइएको छ ।

माघ १ गते उहाँको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले तेस्रो वर्षमा प्रवेश गरेको दिन उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

साथै वरिष्ठ साहित्यकार पाण्डेको जन्मजयन्ती ३१ बालबालिकाहरुलाई आवासीय रुपमा सेवा दिदै आएको गोकर्णस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा एक अनौपचारिक कार्यक्रम आयोजना गरी मनाइएको छ ।

कार्यक्रममा बालबालिकाले साहित्यकार पाण्डेले रचना गर्नु भएको कविता वाचन गरेका थिए । साथसाथै उनीहरुले आआफ्नो कला प्रतिभा प्रस्तुत समेत गरेका थिए। बालबालिकाको प्रतिभा प्रस्तुति पस्चात पोषण पाण्डे तीर्थ सदनका अध्यक्ष बिजय चालिसेले मान्छेको सबैभन्दा ठूलो सहयोगी भनेको आफू स्वयं हो र आफैंलाई बलियो बनाए भविस्यमा असल मान्छे बन्न सकिने बताउँदै बालबालिकाको हौसला बढाउनु भएको थियो ।

कार्यक्रम अन्तमा सदनको तर्फबाट अपांगता पुर्नस्थापना केन्द्रका बालबालिकालाई उपहार स्वरुप शैक्षिक तथा खेलकुद सामग्री पुनर्स्थापना केन्द्रका इन्चार्ज पास्तेम्बा शेर्पालाई हस्तान्तरण गरिएको थिया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?