शिव प्रकाशको ‘समभोक’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लेखक शिव प्रकाशको उपन्यास ‘समभोक’ सार्वजनिक भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच शनिबार ‘समभोक’ लोकापर्ण गरिएको हो । दुई चरणमा विभाजन गरिएको कार्यक्रममा पहिलो चरणमा पत्रकार विराट अनुपमले विमर्श गर्नुभएको थियो ।

विमर्शमा वरिष्ठ पत्रकार युवराज घिमिरे, विश्लेषक शंकर तिवारी, समाजशास्त्री सुजना घिमिरेसित किताबको विषयमा विमर्श भएको थियो । र, पुस्तक लोकापर्ण डा.गोविन्द केसी, युवराज घिमिरे, विजय कुमार, शंकर तिवारी, सुजना घिमिरे, लेखक, लेखककी आमा र श्रीमतीले संयुक्त रूपमा गर्नुभएको थियो ।

लोकापर्णपछि पत्रकार तथा लेखक विजय कुमारले समभोकमा दर्शन र भोकका विषयमा राम्रो संयोजनमा किताब आएकाले सबैमा पढ्न सिफारिश गर्दछु भन्नुभयो । यसैगरी सांसद गगन थापाले भोक, भोग र सम्भोगलाई लेखकले एकदमै चाखलाग्दो गरी प्रस्तुत गरेको सुनाउनुभयो । शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ४२५ रुपैयाँ राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?