ट्याक्सी व्यवसायी चालकका १६ बुँदे माग

Read Time = 4 mins

काठमाडौं । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्नेलगायत विभिन्न १६ बुँदे माग अघि सारेको छ । समाजले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । १६ बुँदे मागमा एकद्वार कर प्रणाली लागू गर्नुपर्ने, महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालनको व्यवस्था गर्नुपर्ने, पेशा व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने, चालकले लगाउनुपर्ने पहेंलो ज्याकेट हटाउनुपर्ने, इम्बोस्ड नम्बरमा नेपाली भाषा प्रयोग गर्नुपर्नेलगायत रहेका छन् । हालसम्म विभिन्न समयमा ४३ जना ट्याक्सी चालकको हत्या भएको तर हत्यारामाथि कारबाही नभएको समाजको दाबी छ । माग पूरा नभए सम्पूर्ण सवारीसाधन टुँडिखेलमा लगेर थुपारिदिने समाजले चेतावनी दिएको छ ।

एकद्वार कर प्रणाली लागू गर्नुपर्ने, एप बनाएर ट्याक्सी सञ्चालन व्यवस्था गर्नुपर्ने, हत्या तथा कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने, पहेंलो ज्याकेट हटाउनुपर्नेलगायतका माग रहेका छन् ।

ट्याक्सी व्यवसायीका अनुसार यातायात व्यवसायीलाई बीमा कम्पनीहरूले उचित क्षतिपूर्ति दिँदैनन् । प्राइभेट अस्पतालले सेटिङमा एम्बुलेन्स चालकसँग बिरामी किनबेच गर्छन् र सेटिङमै एम्बुलेन्स चालक र ट्राफिकले दुर्घटनामा घाइतेलाई प्राइभेट अस्पताल पु¥याउँछन् । पठाओ राइडरले अफलाइन राइड गरेर दुर्घटना भएको अवस्थामा त्यसको जवाफदेही सरकार हुन नसकेको, अफलाइन राइड चालकका लागि पनि खतरा हुने र कुनै पेशेवर महिलाले अफलाइन राइडरलाई फसाउन सक्नेतर्फ पनि सचेत हुनुपर्ने व्यवसायीको सुझाव छ । साझा नेपाल केन्द्रीय महासंघका अध्यक्ष किरण नेपालले आफूहरू वार्ता, संवादका आधारमा समस्या समाधानका लागि तयार रहेको तर सरकारले माग नसुनेमा सडक आन्दोलनका लागि पनि तयार रहेको बताउनुभयो ।

समाजका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले यातायातको क्षेत्रमा विकृति बढेको र आफूहरूले यातायात व्यवसायलाई मर्यादित बनाउन चाहे पनि सरकारका कारण सम्भव नभएको बताउनुभयो । आफूहरू लगानीकर्ता भए पनि सरकारले ट्याक्सीको मापदण्ड बनाउँदा थाहा नदिएको उहाँको गुनासो छ । साथै समाजले ट्याक्सी भाडासमेत समायोजनको माग गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजका अध्यक्ष प्रेमकुमार तमाङ, उपाध्यक्ष बाबुकाजी श्रेष्ठ, खड्गबहादुर थापा, समाजसेवी सोम शर्मा, विजय लिम्बू, तारा बराल, नेपालको पहिलो महिला ट्याक्सी चालक ईश्वरी थापालगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?