आमसञ्चार सम्मान चूडामणि रेग्मीलाई समर्पण गरिने

Read Time = 2 mins

काठमाडौं । शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा आमसञ्चार सम्मान, २०७९’ भाषासेवी, साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई समर्पण गर्ने भएको छ ।

लामो समयसम्म पत्रकारिता क्षेत्रमा संलग्न रही ‘युगज्ञान’, ‘जूही’ र अन्य पत्रिकाका माध्यमबाट नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिताको एकसाथ सेवा गर्नुभएका रेग्मीलाई आमसञ्चार सम्मान समर्पण गर्न लागिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभयो ।

रेग्मीले प्रयोग कम हुँदै गएर लोप हुन लागेका नेपाली झर्रा शब्दलाई साहित्यिक कृतिमा प्रयोग गरी जनमानसमा भिजाउन अथक प्रयत्न गर्नुभएको छ । यही स्तुत्य कार्यको अभिवन्दनास्वरूप उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको प्रकाशनले जनाएको छ ।

लेखक सुनील सापकोटाले ‘गोर्खाली’ पत्रिकाका सम्पादक–प्रकाशक आफ्ना बूढाहजुरबुबा सुब्बा देवीप्रसाद सापकोटाको स्मृति र सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गर्ने गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार नगदसहित सम्मान पत्र रहेको अध्यक्ष मञ्जुश्रीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?