सत्ता स्वार्थमा गाँजिएको हाम्रो राजनीति

डा. डीआर उपाध्याय
Read Time = 14 mins

प्राकृतिक स्रोत सधान र मेहनती जनशक्ति हाम्रा धरोहर हुन । तर सत्ता स्वार्थको राजनीतिले हाम्रो देशलाई जहिल्यै गाजेको गाजै छ । सत्ताको स्वार्थ छोडेर राजनीतिक दलहरू देशको समृद्धि र विकासका लागि मिलेर जानुपर्ने भए पनि त्यसो नहुँदा देशले फडको मार्न नसकेको दिनको घामजस्तै छर्लङ छ । देशमा दलीय शासन धेरै वर्षदेखि चल्दै आएको छ । तर, दलीय शासनबाट जनता त्यति खुशी भने छैनन् । कारण के हो भने राजनीति दल र तिनका नेताहरू स्वार्थी भए । आफ्नै स्वार्थका लागि नेताहरूले काम गरे । देश र जनताको विषयमा कुनै चासो नै दिएका छैनन् । यसले जनतामा निराशामात्र बढाउँछ र बढाइरहेको छ ।

अझै लोकतान्त्रिक मुलुकको राज्य त देश र जनताप्रति इमानदार, बफादार एवं जवाफदेही हुनुपर्छ । राज्य भनेको सम्पूर्ण नागरिकको अभिभाभक हो । हाम्रो देशको शासनसत्ता गरिब जनताको मुख हेरेर चल्नुपर्छ । गरिब जनता लाई गरिखाने वातावरण राज्यले व्यवस्था गर्नुपर्छ । त्यसो भयो भनेमात्र गरिब जनता खुशी हुन्छन् । गरिब जनताको मुहारमा खुशी आएन भने देश बन्न समस्या हुन्छ । अब मुलुकमा धैरै भाषण गर्ने नेताको काम छैन । जनताको विश्वास जितेर जनताकै काम गर्ने नेताको खाँचो छ अब मुलुकमा । अझै हामीले राष्ट्रहित र जनताका लागि काम गर्ने राष्ट्र नायक पाउन सकेका छैनौँ ।

देश विकासको पहिलो प्राथमिकता सुशासन हो । आजसम्म बन्ने र भत्कने गरेका कुनै पनि सरकारले सुशासन दिन सकेका छैनन् । हरेक दिनजस्तो भ्रष्टाचार र आर्थिक अनियमिता बढिरहेका खबर आउने गरेका छन् । देशमा बजार नियन्त्रणमा छैन ।

देशको विकास गर्ने राजनेता पाएका छैनौँ । जनताले अहिले पनि सक्षम नेता चुन्न सकेका छैनन् । त्यसैले अझै हामी दुःख पाउने अवस्थामा छौं । अहिलेको आमनिर्वाचनमा पनि विगत तीन दशकसम्म सत्तामा पुगेकै अधिकांश नेता दोहोरिएर आएका छन् । आशा गर्ने ठाउँ नै के छ र ? अहिले सबैभन्दा धेरै सिट पाएको नेपाली कांग्रेस सत्ताबाहिर छ । तेस्रो दलको माओवादीका नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएका छन् । पाँच दलीय गठबन्धन टुटेर फेरि एमाले र माओवादीकै सरकार बनेको छ । अबका दिनमा नेपालको राजनीति कसरी अघि बढ्छ त्यो त हेर्दै जाने कुरा हो । अबको सत्ताले देश तथा जनहितमा काम गर्न सक्नुपर्छ ।

आज देशमा नेपाली कांग्रेसको साख घट्दै गएको देखिन्छ । कम्युनिष्टमा चरम स्वार्थ र विभाजन तीव्र छ । देश र जनताको पक्षमा यिनीहरूले पनि सिन्को भाँच्न सकेका छैनन् । २०७४ पछाडि एमाले-माओवादी मिलेर सरकार चलाए तर जनहितमा काम हुन सकेन । उनीहरू सत्ता स्वार्थकै कारण फुटे अहिले फेरि जुटने कुरा गरिरहेका छन् । यो जनतालाई भ्रम छर्ने र सत्तामा बस्ने खेल हो । यस्तो प्रवृतिले देशको हित गर्दैन । अहिले फेरि सत्ताका लागि उनै पात्रहरूको साँठगाठ भएको देख्दा अचम्म लाग्छ । देशमा आज निष्ठा र सिद्धान्तको राजनीति हराउँदै गएको छ ।

देश विकासको पहिलो प्राथमिकता सुशासन हो । आजसम्म बन्ने र भत्कने गरेका कुनै सरकारले सुशासन दिन सकेका छैनन् । हरेक दिनजस्तो भ्रष्टाचार र आर्थिक अनियमिता बढिरहेका खबर आउने गरेका छन् । देशमा बजार नियन्त्रणमा छैन । राष्ट्रिय आयोजना समयमा नै निर्माण भएका छैनन् । सुशासन स्थापित हुनसकेको छैन । यस्तो दयनीय छ देशको अवस्था । अब मुलुक सुशासनतर्फ अघि बढ्नुपर्छ । यो हामी सबैको चाहना हो । आज देशमा निर्वाचन सम्पन्न भएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ ।

अब मुलुकले निकास पाउँछ कि पाउँदैन भन्ने आमजनताको चासोको वषय बनेको छ । नयाँ सरकार गठनसँगै देशमा एक खालको उत्साह त बढेको छ । तर यो वर्तमान सरकारले काम गरेर देखाउन सक्छ कि सक्दैन भन्ने कुरा हो । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले अब सफल प्रधानमन्त्रीको लिष्टमा इतिहास रच्ने हो भने नयाँ चमत्कार गरेर देखाउनुपर्छ । संसद्मा नयाँ सांसद पनि आइसकेका छन् । अब संसद्ले कस्तो भूमिका खेल्ने ? अब सांसदहरूले इमानदारीतापूर्वक भ्रष्टाचार नियन्त्रणमा संसदमा सशक्त भूमिका खेल्नुपर्छ । यो नै आजको महत्वपूर्ण विषय हो ।

आज मुलुकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । आज देशमा नयाँ गठबन्धन छ । पुरानो गठबन्धन भत्किएको छ । सबैले आफ्नो स्वार्थ बढी हेर्ने गर्छन् । अब जनता र मुलुकको हितमा काम गर्ने नेताको खाँचो छ । राजनीतिक दलहरूका नेताहरूमा बढी मात्रमा स्वार्थ देखिएको छ । यसरी मुलुकको भविष्य बनाउन सकिँदैन । यो नयाँ गठबन्धन सरकार जनताको विश्वास र भरोसा बन्न सक्नुपर्छ । जनतामा निराश आउने कुनै काम हुनु हुँदैन । यो कुरा मैले धेरै पहिलेदेखि भन्दै आएको छु । अहिले नयाँ नेतृत्व सरकारमा आएको छ ।

यसले मुलुकलाई आशा जगाउन सक्नुपर्छ । सरकारको आलोचना गरेरमात्र हुँदैन । सबै कुरामा आशंका किरण देख्न सक्नुपर्छ तर गलत कामप्रति हरदिन खबरदारी गर्नुपर्ने हुन्छ । देशमा भ्रष्टाचार अत्यधिक बढ्दो अवस्थामा छ । त्यसैले भ्रष्टाचार बढ्नुको कारण खोजी गर्ने, अध्ययन अनुसन्धान गर्ने र तिनको विरोध गर्ने काममा सांसदले विशेष ध्यान दिन सक्नुपर्छ । भ्रष्टाचार नियन्त्रण आजको आवश्यकता हो । आगामी पाँच वर्षमा मुलुकले विकास, समृद्धि र सुशासनमा धेरै फड्को मार्नु पर्छ । अहिले प्रतिनिधिसभामा धेरैजसो युवा आएका छन् । यो खुशीको कुरा हो ।

त्यसैले उनीहरूले संसद्मा विशेष भूमिका खेल्नुपर्छ । जनताको चाहना यो छ । सरकारको गलत कामप्रति खवरदारी गर्ने भनेको संसदहरूले हो । नयाँ प्रधानमन्त्रीले मुलुकको हितमा राम्रो काम गरेर देखाउन सके भने उनको भोलि जय जयकार हुन्छ । जनताले लामो समयदेखि दुःख पाएका छन् । जनताको पीरमर्का बुझ्न हरपहल सरकार गम्भीर बन्नुपर्छ । अहिलेसम्म जनताको पक्षमा कुनै किसिमका राम्रा कुरा बाहिर आएका छैनन् ।

जनता सधैं दुःखमा छन् । देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने हो भने दाहाल सरकारले आफ्नो वरिपरि घुमेका आसेपासेको घेरा टोडेर अघि बढ्न सक्नुपर्छ । त्यसो भयो भनेमात्र उनी सफल हुन्छन् । उनलाई असफल बनाउन खोज्नेहरूको यहाँ कुनै कमी छैन । धेरैले मौका हेरेर बसेका छन् । यो कुरामा प्रधानमन्त्री दाहाल सचेत बन्न जरुरी छ । हामीहरूले त बाहिरबाट सुझाव दिनेमात्र हो अरू केही गर्न सकिँदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनुदपर्ने आवश्यकता देखिएको छ ।

मुलुक बनाउन इच्छाशक्ति र आत्मविश्वास चाहिन्छ । त्यो हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मा छ । कुनै लोभलालच आफूले पनि नराख्ने र अरूलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नुभयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छँदैछन् । यी समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर भएर लाग्नुपर्छ । जनसरोकारका सबै काम दूू्रत गतिमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनुपर्ने भएको छ । अब पनि मुलुकप्रति खेलवाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकतवान् र इमानदार बन्न सक्नुपर्छ ।

अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनु पर्ने भएको छ । अब पनि मुलुकप्रति खेलवाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकतवान् र इमानदार बन्न सक्नुपर्छ । राजनीतिक नेतृत्व इमानदार बन्नेबित्तिकै आमप्रशासन तन्त्रमा सुधार आउन सक्छ । सरकारका योजनालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउने भनेकै कर्मचारी वर्ग हो । राजनीतिक नेतृत्व इमानदार बन्नैपर्छ । देश भ्रष्टचारमा डुबेको छ । कर्मचारीतन्त्रलाई भ्रष्ट बनाएकै राजनीतिक नेतृत्वले हो ।

त्यसैले सबैभन्दा पहिला राजनीतिक नेतृत्व आफैं सच्चिनुपर्छ । अब प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो प्राथमिकता आफू सच्चिएर कर्मचारीमा सुधार ल्याउनु हो । अधिकांश नेताहरू माफिया, बिचौलिया र तस्करको घेराबन्दीमा छन् । कसरी हुन्छ धनार्जन गर्ने ध्याउन्नमा उनीहरू लिप्त छन् । देशमा भ्रष्टाचार अत्याधिक रूपमा बढिरहेको छ । त्यसैले सबै दलका शीर्ष नेता आमूल रूपमा सच्चिन जरूरी छ ।
अब सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नै पर्ने देखिन्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा इमानदारीता भयो भने देश बन्न कुनै बेर लाग्दैन । सरकारले आफ्नो कार्यकालको अवधिमा गर्नसक्ने तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्छ । त्यसका लागि विषयगत विज्ञ छनोटमा विशेष ध्यान दिनुपर्छ । त्यसो भयो भनेमात्र वर्तमान सरकारले गर्न खोजेका कुरा र सपना पूरा हुन सक्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?