माघ ७ गते एनडिएले स्थापना दिवस मनाउने

Read Time = 1 min

काठमाडौं । दुग्ध क्षेत्रको उन्नति हामी सबैको समुन्नति भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसन(एनडिए)ले माघ ७ गते स्थापना दिवस मनाउने भएको छ । एसोसिएसनको केन्द्रीय समितिले आ-आफ्नो ठाउँमा आफ्नो तरिकाले स्थापना दिवस मनाउन सदस्यहरूलाई निर्देशन दिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभयो ।

हरेक वर्ष स्थापना दिवस माघ ७ गते मनाउँदै आइरहेको जानकारी गराउँदै विगतझैं यस वर्ष पनि केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, सदस्य एवं सम्पूर्ण डेरी उद्योगी सदस्यलाई आफ्नो ठाउँमा अनिवार्यरूपमा दिवस मनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

दिवसका क्रममा आश्रम, स्कुल, अस्पताललगायत दूध तथा दुग्धपदार्थ वितरण, सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम, रक्तदान, सरसफाइ, स्कुलमा कविता, वक्तृृत्वकला प्रतियोगितालगायत आयोजना गरिने एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?