सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गर्नुभएकाे छ ।
प्रदेश सभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उहाँले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउनु भएकाे हाे ।
‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले हिजो मंगलबार साँझ ५ बजे पत्र दर्ता गराउनु भएको छ,’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भन्नुभयाे, ‘विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घन्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । त्यसका लागि भोलि साँझ ५ बजे ४८ घन्टा पुग्छ । सरकारले चाहेको खण्डमा हामी भोलि साँझ पनि विश्वासको मत प्रयोजनका लागि सदन सुचारु गर्न सक्छौं । उहाँहरुले जहिले भन्नु हुन्छ हामी सदन सञ्चालन गर्न तयार छौं ।’
प्रदेश सरकारका मुख्यमन्त्री शर्माले विश्वासको मत कहिले लिने भन्ने बारेमा दलहरुबीच छलफल गर्ने बताउनुभयाे । ‘भोलि नै विश्वासको मत लिने वा पर्सि लिने यो विषयमा छलफल गर्छौं,’ मुख्यमन्त्री शर्माले भन्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच