हत्या अभियोग लागेका सांसद संसद बैठकमा उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उहाँले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।

हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उहाँले उनीहरुको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेर मात्र बैठकको कारबाही अघि बढाउन आग्रह गर्नुभयाे ।

जारी बैठकले सभामुख चयन गर्दै छ । सभामुख पदमा  देवराज घिमिरे र ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?