सरिताको स्वरमा ‘मेरो मायाँ भनी…’

Read Time = 1 min

काठमाडौं । सरिता भारतीको स्वरमा रहेको गीत ‘मेरो मायाँ भनी...’ सार्वजनिक भएको छ । आरजे सिंहको शब्द, जुगल डँगोलको संगीत एवं संगीत संयोजन रहेको लोक पप जनराको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । उमेश गुरुङले निर्देशन गरेको गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता दिक्पाल कार्कीको अभिनय छ । दिक्पाल र सरिताको यो भिडियोमा केमेष्ट्री सुहाएको छ ।

दुवैको अभिनय प्रशंसनीय छ । कृष्णबहादुर थापाको छायाँकन, निर्देशक उमेशकै सम्पादन, सुरेश राउतको कलर करेक्सन रहेको भिडियोलाई विलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?