ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

Read Time = 2 mins

काठमडौं । अभिनेत्री ऋचा शर्माले सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा आयोजना भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ‘टाइटन’ मा ऋचाले उक्त अवार्ड जितेकी हुन् ।

सिड्नीमा फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् । ‘हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको संघर्षलाई प्रस्तुत गरिएको छ’, अभिनेत्री शर्माले भनिन् ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका उनले निर्वाह गरेकी हुन् । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन् ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले सिंगापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ ।

अठाइस मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?