बेपत्ता बालिका मृत फेला

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिका-५ डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आज पोखरीमा मृत फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलाश गरिसक्दा पनि फेला फेला पारेका थिएनन् ।

आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?