प्रतिनिधिसभा सदस्यहरूको तालिम आज पनि जारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। संघीय प्रतिनिधिसभा सदस्यका सुरु भएको अभिमुखीकरण कार्यक्रम आज पनि हुने भएको छ । बिहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु भएको अभिमुखीकरण कार्यक्रम आज पनि हुने भएको हो ।

प्रतिनिधिसभा सदस्यहरुलाई के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरूले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ ।

आजको कार्यक्रममा पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?