नेपाल लाइफको नाफामा छलाङ

Read Time = 2 mins

काठमाडौ । जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा २३७.२९ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड चार लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४४ करोड एक लाख ६० हजार आर्जन गरेको हो ।

सो अवधिमा कम्पनीले १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आठ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुससम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर एक खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । सो अवधिमा चुक्ता पुँजी १४ प्रतिशत बढेर आठ अर्ब २० करोड ७९ लाख ६६ हजार, जीवन बीमा कोष २१ प्रतिशत बढेर एक खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार र महाविपत्ति कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?