मोन्टी देशाई राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा औपचारिक मोन्टी देसाईलाई नियुक्ति दिएको छ।भारतका देसाईले केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका थिए ।

क्यानले गरेको राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन दिने मध्येबाट सर्टलिष्टमा ५ जना परेका थिए । उनीहरुको ४ माघमा अन्तर्वार्ता लिइएको थियो । त्यस मध्ये भारतका मोन्टी देसाई छानिएका हुन् ।

नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् । उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।

क्यानको प्रशिक्षक छनोट समितिले मोन्टीको नाम सिफारिस गरेपछि कार्यसम्पादन समितिले निर्णय गरी ११ माघमा राखेपलाई सहमतिका लागि पठाएको थियो ।

उक्त निर्णय युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पनि प्रधानमन्त्रीले नै सम्हालेको हुनाले गत विहीबार प्रधानमन्त्री कार्यालय पुगेको प्रशिक्षक नियुक्ति फाइल शुक्रबार सदर भएर आइतबार राखेप आएको हो ।

एक महिना लामो प्रक्रिया पूरा गर्दै मन्त्रालयले भारतीय नागरिक मोन्टीलाई नियुक्त गरेको हो ।

प्रमुख प्रशिक्षक नियुक्त भए पनि मोन्टीसँग औपचारिक सम्झौता भने बाँकी नै छ । सम्झौता गरी मोन्टीले औपचारिक रुपमा प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद राखेपले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?