गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा भएको मोटर साइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

प्रदेश २-००१च ०४११ नं.को गाडीले बा २ ख ६६६९ नं.को बसलाई उछिन्न खोज्दा बनेपाबाट भक्तपुरतर्फ आउदै गरेको लु ८८ प ६२०८ नं.को मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बनेपा-७ का १९ वर्षीय आयुष न्यौपाने रहेका प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । तर, उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले बताउनुभयाे ।

शव अस्पतालमै रहेको छ । सवारीसाधनसहित दुवै गाडीका चालक प्रहरी नियन्त्रणमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?