बालकोटमा ओली र रञ्जिता श्रेष्ठबीच भेट, रेशमको रिहाई बटमलाइन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच वार्ता भएको छ । उहाँहरूबीच बुधबार राति बालकोटमा भएको छलफल निष्कर्षविहीन सकिएको हो ।

दुई चरणमा भएका छलफलमा ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत दिएर सघाउन आग्रह गर्नुभएको थियो ।

तर, नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइ हुनुपर्ने पुरानै अडान दोहोर्याएको थियो  । नाउपाले डिल्लीबजार कारागारमा रहेका आफ्नो पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने बटमलाइन राखेको छ।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?