आइएमई डिजिटल र ललितपुर महानगरबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ ।

सम्झौतापत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?