“प्रेस विरोधी कानून ल्याउन नदिन तीनवटै तहका सरकारसँग चनाखो रहौं“

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । प्रेस विरोधी कानून ल्याउन नदिन तीन वटै तहका सरकारसँग चनाखो बन्नुपर्ने सञ्चार क्षेत्रका अगुवा तथा सरोकारवालाले बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शनिवार तिलोत्तमाको बनबाटीकामा गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनीहरुले तीनवटै सरकारबाट जारी हुने कानून प्रेस मैत्री छन कि छैनन् भन्ने कुरा खोज्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बर्तमान सरकारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता मन नपराउनेहरु पनि रहेकाले सतर्क हुनुपर्ने उल्लेख गर्नुभयो । प्रेस युनियन नयाँ ढंगले अघि बढ्नु पर्ने भन्दै उहाँले नेताहरुको पछि लाग्न छाडेर जनताका गुनासा र समस्याका बारेमा युनियनले लगातार अन्तरक्रिया गर्नुपर्ने उल्लेख गर्नुभयो । युनियनका उपाध्यक्ष माधब अर्यालले केन्द्र, प्रदेशदेखी स्थानिय सरकारसम्म कार्यहरु प्रति पत्रकारले कलम चलाउनु पर्ने बताउनु भयो ।

युनियन महासचिव दिलिप पौडेलले पछिल्लो पटक नयाँ दलहरुले पनि नेपाली सञ्चार माध्यम प्रति धावा बोल्ने काम भएको भन्दै त्यसले प्रेस जगतलाई चिन्तीत बनाएको बताउनुभयो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शहरका समस्या सँगै व्यवसायीका समस्याहरुलाई पनि उठान गर्न पत्रकारहरुसँग आग्रह गर्नुभयो ।

प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले युनियनका सबै सदस्य र सुभेक्षुकहरुबीच आपसी भेटघाट सम्बन्ध विस्तार होस भनेर बनभोज सँगै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

युनियनकी कार्यवहाक सचिव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रेस युनियन लुम्बिनी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस्तै प्रेस युनियनका केन्द्रीय पदाधिकारीहरुलाई समेत युनियन रुपन्देहीले सम्मान गरेको थियो ।

तिलोत्तमा शंकर नगर बनबाटीकाको विपि बाटिकामा भएको बनभोजसहितको अन्तरक्रियामा युनियनका केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यसँगै पूर्व केन्द्रीय सदस्य, सल्लाहकार र शुभेक्षुकहरुको सहभागीता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?