राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक छैन : गभर्नर अधिकारी

फाईल तस्बिर

Read Time = 5 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताउनुभएको छ ।

आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताउनु भयो । गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिले काहीँ घट्नु स्वभाविक भएको बताउनु भयो ।

उहाँले पुँजीबजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकको इच्छा अनुसार पुँजीबजारलाई असर पर्ने नीति नलिएको भन्दै राष्ट्र बैंक जहिले पुँजीबजारको प्रोस्पर चाहेको बताउनु भयो ।

गभर्नर अधिकारीले भन्नुभयो,‘पुँजीबजार प्रति राष्ट्र बैंक नकारात्मक हुनुपर्ने अवस्था छैन । पुँजीबजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु रहेका छन् । धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्छ । राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई हो । नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएको कारणले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको रेगुलेशनको कारण कुनै न कुनै विषयले प्रभाव परेको होला ।

राष्ट्र बैंकको इन्टेनशन पुँजीबजारलाई असर परोस् भन्ने लिएको हुँदैन । हामीले जहिले पनि प्रोस्पर होस् भन्ने चाहन्छु । राष्ट्र बैंक बैंकहरुसँग भएको पँुजी उत्पादन मुलक क्षेत्रमा लगानी होस् भन्ने हो । प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा बोलेका हुँदैनौं । शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा लिएको पाएको छु । वाह्य क्षेत्र निकै चुनौतिपूर्ण रहन्छ । विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नुपर्छ भनेर आयात प्रतिवन्धको नीति लिएका हंंै । त्यो नीति संधैका लागि थिएनन् । आयात बेसमा राजश्व संकलन हुने भएकाले सुधार गर्न आवश्यक छ । त्यसले गर्दा एकतिर तान्दा अर्कोतिर खुस्कने अवस्था रहेको छ । सरकारले त्यसलाई ब्यालेन्स गर्नुपर्ने अवस्था छ ।’

उहाँले राष्ट्र बैंक बैंकहरुसँग भएको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नेगरी नीति लिएकाले प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा नबोलेको बताउनु भयो ।

उहाँले शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा नलिन आग्रह गर्नुभयो । उहाँले विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नको लागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?