भारत चन्द्रमा, मंगल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम छ : इसरो अध्यक्ष

हिमालय टाइम्स
Read Time = 2 mins

तिरुवनन्तपुरम (केरला) । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मंगल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताउनुभएको छ । तिरुवनन्तपुरममा पत्रकारसँग शनिबार राति कुरा गर्दै उहाँले जुनसुकै ग्रहमा पुग्नसक्ने सामथ्र्य भारतको रहेको दाबी गर्नुभयो ।

इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताउनुभयो । ‘हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिंगो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो’, इसरोले चन्द्रयान-३ परियोजना पर्याप्त लगानीका बाबजुद सफलतापूर्वक सम्पन्न गरेको सुनाउँदै उहाँले भन्नुभयो ।

यसअघि शनिबारै प्रधानमन्त्री नरेन्द्र मोदी बेंगलुरुको इसरो मुख्यालयमा पुग्दा उहाँलाई हार्दिक स्वागत गरिएको थियो । उहाँले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगष्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गर्नुभएको थियो । गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण भएको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?