घुम्ती मुक्तक नेपालद्वारा पुरस्कार घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । घुम्ती मुक्तक नेपालद्वारा विभिन्न व्यक्तिलाई परस्कृत गर्ने घोषणा गरिएको छ । घोषणा भएका नामहरूमा यादव खरेल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र उदास कार्की हुनुहुन्छ । घुम्ती मुक्तक नेपालले सानुमखमली मुक्तक नायकश्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार यादव खरेललाई पुरस्कृत गर्ने भएको छ ।

सिर्जनाका माध्यमबाट नेपाली मुक्तकको उन्नयन र विस्तारमा उल्लेखनीय योगदान गर्नु भएकोमा खरेललाई सो पुरस्कार प्रदान गरिने भएको जनाइएको छ । उक्त पुरस्कार विमला खड्काले प्रायोजन गर्नु भएको छ ।

यसैगरी कालीका–शान्ता मुक्तकमानकश्री सम्मानबाट नगर १० हजारसहित वरिष्ठ समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतमलाई पुरस्कृत गरिने भएको छ । नेपाली मुक्तकको विकास र विस्तार गर्दै मुक्तकको मानक सिद्धान्त निर्माणमा पुर्‍याउनु भएको उल्लेखनीय योगदानका लागि गौतमलाई सो पुरस्कार प्रदान गरिने भएको र उक्त पुरस्कार निर्मलरमण पराजुलीले प्रायोजन गर्नु भएको जनाइएको छ ।

त्यसैगरी जानकीमविमुक्तकश्री सम्मानबाट नगद पाँच हजारसहित युवा मुक्तककार उदास कार्कीलाई पुरस्कृत गरिने भएको छ । मुक्तक सिर्जना गर्दै नेपाली मुक्तकलाई युवामाझ लोकप्रिय बनाउन अभियन्ताको रूपमा खेल्नुभएको योगदानका लागि कार्कीलाई सो पुरस्कार प्रदान गरिने भएको छ ।

उक्त पुरस्कार सानु शर्माले प्रायोजन गर्नु भएको बताइएको छ । उक्त निर्णय घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुलीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । सबै पुरस्कारहरू आगामी २०७९ फागुन १७ गते संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजना गरिने कार्यक्रमा प्रदान गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?