१५ वर्षीया बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद

सांकेतिक तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । बागलुङमा बलात्कार कसुरमा एक युवालाई १२ वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत बागलुङले बागलुङको बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय भएको हो ।

बलिका बलात्कार गरेको कसुरमा कैदसँगै ४ लाख जरिवाना फैसला गरेको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको सोमबारको अन्तिम आदेशले सजायसँगै २० हजार क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले बताउनुभयो ।

बालिकालाई ०७९ जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले आरोपित श्रीषलाई जेठ ३० गते पक्राउ गरी असार १९ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

श्रीष अदालतको असार २० गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?