नेत्रज्योति र सिबिएम ग्लोबलबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेश प्रदेशमा गरिबीको रेखामुनि रहेका नागरिकलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि सम्झौता भएको हो । सम्झौतापत्रमा संघका अध्यक्ष प्राडा चेतराज पन्त र सिबिएम ग्लोबलका कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो ।

सम्झौतासँगै संघको पूर्वाञ्चल क्षेत्रीय आँखा तथा कान उपचार कार्यक्रममार्फत् प्रदेश नम्बर १ र मधेश प्रदेशका सिमान्तकृत समुदाय र गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क आँखा तथा कान उपचार सेवा प्रदान गरिने संघले जनाएको छ । दुई संस्थाबीच नेपालमा आँखा उपचार सेवा जनताको घरदैलोमै सहज, सुलभरूपमा गुणस्तरीय सेवा प्रदान गर्न विगत ४० वर्षदेखि सहकार्य भइरहेको छ । हाल कर्णाली प्रदेशमा संघ र सिबिएमको सहकार्यमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा तीन हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?