सिडको एसिसिएको दीक्षान्त

Read Time = 2 mins

काठमाडौं । सिड फाइनान्सियल एकेडेमी नेपालमा एसिसिए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसिसिए स्नातक (ग्र्याजुएट)का लागि काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरेको छ । सो अवसरमा २३ जना स्नातकले एसिसिए प्रमाणपत्र र डिग्री प्राप्त गरेका छन्, जुन लेखा र वित्तको क्षेत्रमा विश्वव्यापीरूपमा मान्यताप्राप्त र उच्च मूल्यवान रहेको सिडले जनाएको छ ।

स्नातकलाई सिडका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले बधाई दिनुका साथै उनीहरूको उपलब्धिमा आफू निकै गौरवान्वित भएको बताउनुभयो । उहाँले वर्तमान व्यापारिक क्षेत्रमा एसिसिए योग्यताको महत्वमा जोड दिँदै स्नातकलाई आफ्नो ज्ञान र सीप प्रयोग गरी नेपालको आर्थिक विकासमा योगदान दिन प्रोत्साहित गर्नुभयो ।

एसिसिए नेपालका प्रमुख रविन कटुवालले लेखा शिक्षामा उत्कृष्टता प्रवद्र्धन गर्न स्नातक र सिडको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा एसिसिए योग्यताको वृद्धि र सिडले दक्ष र योग्य जनशक्ति उत्पादन गर्न गरेको प्रयास देख्न पाउँदा खुसी लागेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?