जिपिएल क्रिकेट प्रतियोगिताको उपाधिका लागि विकास प्रेमी र राजापुर भिड्ने

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । जिल्ला स्तरिय टि-२० जिपिएल क्रिकेट प्रतियोगीताको उपाधिकाका लागी विकास प्रेमी युवा समुह गुलरिया र राजापुर स्पोर्ट क्लव विच प्रतिस्पर्धा हुने भएको छ ।

बर्दियाको गुलरियामा गोरेटो मिडिया प्रालिद्धारा आयोजना गरिएको जारी जिल्ला स्तरिय टि २० जिपिएल क्रिकेट प्रतियोगीतामा बारबर्दियाको टिमलाई हराउँदै विकास प्रेमी युवा समुह गुलरिया र टेपरीको टिमलाई हराउँदै राजापुर स्पोर्ट क्लव फाइनलमा प्रबेश गरेका हुन ।

पहिलो सेमिफाइनल खेलमा टस जितेर व्याटिङ्ग गरेको विकास प्रेमि युवा समुह गुलरियाले युवराज यादवको ५९ वलमा १ सय १८ रनको योगदान बाट १ सय ९४ रन बनाएको थियो । १ सय ९५ रनको लक्ष्य लिएर मैदान छिरेको बारबर्दिया को टिम २० ओभर खैल्दै ८ विकेटको क्षतिमा १ सय ६६ रनमा समेटिएको थियो ।

बारबर्दियाका टिमको तर्फबाट आकाश खत्रीले ७६ रनको पारी खेलेपनि टिमलाई जित दिलाउन सकेनन । बलिङ्गमा विकास प्रेमी समुहका खेलाडी युवराज यादवले ३ विकेट, सोन खानले ३ विकेट, महेमुद सिद्धिकीले, सरोज वस्नेतले समान १ / १ विकेट लिएका थिए । म्यान अफ द म्याच युवराज यादवलाई समाजसेवि एव निर्माण व्यवसायी संघ बर्दियाका महासचिव हेमन्त प्रकाश गीरीले पुरस्कार प्रदान गर्नु भएको थियो । यसै गरी दोस्रो सेमिफाइनल खेलमा टेपरीलाई हराउदै राजापुर फाइनलमा प्रबेश गरेको छ ।

टस जितेर पहिलो व्याटिङ्ग गरेको राजापुरले निरज नेपालीको २५ रन, सुमित ध्वज चन्दको २५ र युनिस खानको २४ रनको योगदानमा निर्धारित २० ओभरमा १ सय ५१ रन बनाएको थियो । १ सय ५२ रनको लक्ष्य लिएर व्याटिङ्गमा उत्रिएको टेपरीको टिम २० ओभर खैल्दै ९ विकेटको क्षतिमा १ सय १५ रन मात्र बनाउन सकेको थियो । बलिङ्गमा राजापुरका तर्फ बाट सौगात तिमिल्सिनाले २, सुवास तिमिल्सिनाले ४, निरज नेपालीले २ र युनिस खानले १ विकेट लिएका थिए ।

टेपरीका तर्फबाट राजकुमार पासवानले ५९ रन बनाएपनि टिमलाई हार बाट जोगाउन सकेनन । प्रतियोगीतामा म्यान अफ द म्याच भएका राजापुरका खेलाडी निरज नेपालीलाई राष्ट्रिय बाणिन्य वैंक गुलरियाका शाखा प्रबन्धक सुमन बस्यालले पुरस्कार प्रदान गर्दै खेलाडीको उज्जजल भविष्यको शुभ कामना समेत व्यक्त गर्नु भएको थियो । यहि फागुन १ गते देखि सुरु भएको जिल्ला स्तरिय टि २० जिपिएल क्रिकेट प्रतियोगीताबाट खेलाडीको नया खेलाडीको पहिचान तथा खेलाडीहरुको मनोबल बृद्धि गर्नका लागी सो प्रतियोगीताको आयोजना गरिएको गोरेटो मिडिया प्रालिका अध्यक्ष दीपककुमार शर्माले जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?