काठमाडौं । भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले १५ औँ वार्षिकोत्सव मनाएको छ । दक्षिण एसियामै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायकका रूपमा स्थापित इसेवाले नेपाललाई डिजिटल बनाउन अग्रणी भूमिका खेल्दै आएको छ । डिजिटल नेपालको सपना साकार पार्न विविध सेवालाई डिजिटल बनाउँदै सर्वसाधारणको दैनिक जीवनशैली इसेवाले सहज बनाइदिएको छ ।
१५औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले पुनः आफ्ना सबै प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टमा कृतज्ञता व्यक्त गरेको छ । १५ औँ वार्षिकोत्सवमा १५ दिनमा १५ विभिन्न आकर्षक अफर ल्याउने घोषणासमेत गरेको छ ।
माघ २५ सम्म रहने अफरअन्तर्गत टपअप, हवाई टिकट, बैंक लोड, इसेवा केयर, स्पिकर खरिद, होटल बुकिङलगायतका विविध सेवामा आकर्षक अफर ल्याएको हो । वार्षिकोत्सवका अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भन्नुभयो, ‘हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने सम्पूर्ण इसेवा प्रयोगकर्ता, एजेन्ट सञ्जाल, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ । हामीले आगामी दिनमा इसेवाको मोबाइल एपलाई सम्पूर्ण आममानिसको हरेक क्रियाकलापमा साथ दिनलाई थप विविध सेवाहरू अझ सुदृढरूपमा लिएर आउने लक्ष्य लिएका छाँै ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच