‘तलास २’ निर्माण हुने

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘तलास २’ को निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स् र यल्लिवुड फिल्म्स्को संयुक्त लगानीमा चलचित्र ‘तलास २’ को निर्माण हुने भएको हो । हत्या अपहरण मानव बेचविखनको चपेटामा नेपाली महिलाहरूले भोग्नुपरेको पीडालाई चलचित्रमा प्रमुख विषय बनाइने निर्माण पक्षले जनाएको छ ।

दिनेश लिङ्देनको निर्देशन रहने चलचित्रमा रुद्र पाहिम, पुष्पाञ्जलि तिलिङ, शैलेन्द्र नाल्बो, उदय सुब्बा, पूर्ण सेलिङ, राजु घिमिरे, अजय खडका, रिया कन्दङवा, पुण्य ओझा, दिलिप योङहाङ, सागर केरुङ र राजकुमार शाहको अभिनय रहने बताइएको छ ।

चलचित्रमा विकास चौधरीको संगीत, मेचु धिमाल, सुवास राई, विकास चौधरीको स्वर, दिनेश माङ्मुको नृत्य, कुमार श्रेष्ठको द्वन्द्व र सुमन योञ्जनको छायांकन रहनेछ । सुदिता लिङ्देनको प्रस्तुति, लीलाराज काम्बाङ सहनिर्माता र शैलेन्द्र नाल्बो निर्माता रहेको चलचित्र पूर्वका विभिन्न स्थानमा छायांकन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?