अन्तर्राष्ट्रिय एओजी राइड ‘माक्र्यु राइड’ सुरु

Read Time = 3 mins

काठमाडौं । नेपालस्थित टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गत मार्चमा बाइकिङ प्रविधि प्रवद्र्धन गर्न अपाचे ओनरस् ग्रुप (एओजी) नामक फोरम गठन गरेको थियो । एओजीले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रममार्फत् युवामा बाइकिङप्रतिको जोसको उत्सव मनाउने गरेको छ । स्थापनाको छोटो समयमै अपाचे ओनरस् ग्रुपले देशभरबाट सात सयभन्दा बढी सदस्य बटुल्न सफल भएको कम्पनीले जनाएको छ ।

ग्रुपले हालसम्म १२ च्याप्टर र १६ मार्सल राइडसहित २८ राइडहरू सञ्चालन गरिसकेको छ । ग्रुपले यसपटक भने पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गरेको छ । बिहीबारदेखि सुरु भएको अपाचे ओनरस् ग्रुप (एओजी) को माक्र्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडर सहभागी छन् । उक्त २१ दिने लामो यात्रा काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने र करिब छ हजार पाँच सय किलोमिटरको हुने बताइएको छ ।

राइडिङ कार्यक्रमका लागि पाँच सयभन्दा बढी अपाचे राइडरले अनलाइन आवेदन दिएको कम्पनीले जनाएको छ । काठमाडौंबाट सुरु भएको राइड रक्सौल, गया, राउरकेला, सारंगढा, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसुर, बेंगलोर, तिरूपति, विजयवाडा, विशाखपटनम, ब्रहृमपुर, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौंमा आएर समापन हुने आयोजकले जनाएको छ । अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकको सहभागिता रहेको छ ।

अन्तर्राष्ट्रिय राइड कार्यक्रमको उद्देश्य नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवद्र्धन गर्ने र भारतीय राइडरलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने रहेको छ । जसका लागि नेपाल पर्यटन बोर्डले सहकार्य गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले टिभिएसलाई बोर्डले विज्ञापन र पिएसएमार्फत् कार्यक्रमको प्रवद्र्धनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?