प्रधानमन्त्रीले मलाई दबाब आयो भन्नुभएको छः अध्यक्ष ओली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गर्नुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झाैताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो पर्‍यो मलाई के के पर्‍यो दबाब पर्‍यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ ।’

नेकपा एमालेले पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?