प्रतिनिधि सभामा शोक प्रश्ताव पारित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रश्ताव पारित गरेको छ ।

सोमवार बसेको प्रतिनिाधि सभाको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको निधन भएकोप्रति शोक प्रश्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । रहमानको शनिवार हृदयघातका कारण निधन भएको थियो ।

समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रहमान ६३ वर्षकी हुनुहुन्थ्यो । झापाकी स्थायी बासिन्दा रहनुभएकी रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बन्नुभएको थियो । रहमान जसपाकी केन्द्रिय सदस्यसमेत हुनुहुन्थ्यो । प्रतिनिधि सभाको अर्को बैठक फागुन १७ गते बुधवार दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?