तिलोत्तमा नगरपालिकाद्वारा राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई नगदसहित सम्मान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद राशीसहित सम्मान गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो ।

आइसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो ।

दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्वकप छनोट खेल्न पाउने भएको छ भने यू-१९ का क्याप्टेन खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकमा हुने यू-१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन् ।

खेलाडीहरुलाई तिलोत्तमानगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसा पत्रसहित नगद पुरस्कारले सम्मान गर्नु भयो ।

खेलाडीहरुलाई सम्मानगर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नु भयोे । खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय बिकासमा समेत टेवा पुग्ने उहाँले बताउनु भयो ।

आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको प्रमुख खाँणले बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिङ्गो मुलुकलाई पहिचान दिलाउन सकेको भन्दै सम्मानित खेलाडीहरुलाई उहाँले बधाईसहित शुभकामना व्यक्त गर्नु भयो ।

यसैगरी नगर उपप्रमुख चौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गर्नु भयो सम्मानित खेलाडीहरुलाई बधाई दिँदै उहाँले जसरी उदयीमान बनेका छन् त्यसैगरी उदाईरहन शुभकामना दिनु भयो ।
खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको बताउँदै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु खुशीको कुरा भएको उल्लेख गर्नु भयो।

सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गर्नु भयो । नगरपालिकाले आफूहरुलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावना खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको उल्लेख गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?