जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बिहीबार अदालत प्रशासनको निर्णय खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको हो ।

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरणलगायत पाँचजना सर्वोच्च पुगेका थिए । तर, अदालत प्रशासनले रिटलाई दरपिठ गरिदिएको थियो ।

सर्वोच्च प्रशासनले बिदा दिने वा कुनै उत्सव मनाउने/नमनाउने निर्णय गर्ने अधिकार सरकारको भएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?