रियलमाथि बार्सिलोनाको जित

हिमालय टाइम्स
Read Time = 1 min

बार्सिलोना । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले रियल म्याड्रिडलाई १-० ले पराजित गरेको छ । बार्सिलोनाको जितमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको २६औं मिनेटमा मिलिसाओले आत्मघाती गोल गर्नुभयो । पाब्लो गाभीको पासमा फ्रान्क केसीको प्रहार मिलिसाओलाई लाग्दै गोलमा परिणत भयो ।

यस जितसँगै बार्सिलोनाले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बार्सिलोना फाइनलमा पुग्नेछ । दोस्रो लेग ५ अप्रिलमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?