अर्थतन्त्रका समस्याबारे लेखन प्रतियोगिता हुने

Read Time = 2 mins

काठमाडौं । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ(सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले पत्रकारबीच राष्ट्रव्यापी लेख लेखन प्रतियोगिता सञ्चालन गर्ने सम्झौता भएको छ । वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याको समाधान र रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५ सय शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकार र स्तम्भकारले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले बताउनुभएको छ ।

उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्रीकोे हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ पुरस्कारका रूपमा क्रमशः एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजारका दरले सम्मान गरिने उहाँले जानकारी दिनुभयो । साथै उत्कृष्ट १० लेखलाई प्रतिलेखबापत १० हजारका दरले नगद तथा प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

सरकारसहितको सहभागितामा २०८० साल वैशाख पहिलो हप्ता काठमाडौंमा हुने नेपाल बिजनेस समिटको पूर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिएको इन्स्टिच्युटका अध्यक्ष विशाल गैरेले बताउनुभएको छ । सहभागी पत्रकारले आफू कार्यरत सञ्चारमाध्यम पुष्टि हुने पत्रकार परिचयपत्र, नियुिक्तपत्र वा मिडिया हाउसको पत्रसहित कतै पनि प्रकाशित नभएको खोजमूलक र तथ्यपरक लेख अनलाइनमार्फत् २०७९ साल चैत १३ गतेभित्र आवेदन दिन सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?