दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

Read Time = 2 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा इन्द्रबहादुर श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । दोलखा उद्योग वाणिज्य संघको आइतबार सम्पन्न २३औँ साधारणसभा तथा १५औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतिले निर्विरोध निर्वाचित गरेको हो ।

साधारणसभाले १५ जना सदस्यहरू पनि निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित सदस्यहरूमा सुरेन्द्र उप्रेती, कल्पना श्रेष्ठ, अनिल रिजाल, दिनेश पाठक, हिमाल न्यौपाने, श्यामसुन्दर शिवाकोटी, बलराम थापा, राजन थापा, विमल श्रेष्ठ, प्रवीण श्रेष्ठ, नारायणबहादुर श्रेष्ठ, रामशरण बस्नेत, सुरेश उप्रेती, रामकुमार खड्का र श्यामकृष्ण कायस्थ रहेको निर्वाचन समितिका संयोजक सरोज उपे्रतीले जानकारी दिनुभयो ।

आइतबार राती अधिवेशनको समापनपछि बसेको संघको कार्यसमितिको पहिलो बैठकले कार्यसमितिका सदस्यहरूमध्येबाट प्रथम उपाध्यक्षमा दिनेश पाठक, महासचिवमा सुरेश उप्रेती तथा कोषाध्यक्षमा श्यामकृष्ण कायस्थलाई चयन गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । संघको विधानअनुसार अध्यक्षबाहेकका पदाधिकारी कार्यसमितिका सदस्यहरूमध्येबाट कार्यसमितिको बैठकले मनोनीत गर्ने व्यवस्था रहेको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?