नेपालले दियो पीएनजीलाई २९८ रनको चुनौती

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ६ बल बाँकी छँदा अलआउट हुँदै २९७ रन जोडेको हो । यो स्कोर एक दिवसीय क्रिकेट इतिहासमा नेपालको अहिलेसम्मकै उच्च हो ।

नेपालका लागि सर्वाधिक आसिफ शेखले ११० रन जोड्दा कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४ र रोहित पौडेलले ३० रनको योगदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?