रियलमीका रिटेलरलाई टिभिएस स्कुटर उपहार

Read Time = 3 mins

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ट्रेड पार्टनरलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दशैँको अवसर पारेर ल्याएको रिटेलर स्किमअन्तर्गत रियलमीका दुई सय ५० भन्दा बढी स्मार्टफोन सेट बिक्री गर्न सफल २१ बिक्रेतालाई टिभिएस एनटर्क स्कुटर उपहार प्रदान गरेको छ । २१ मध्ये सातवटा स्कुटर गत आइतबार नक्सालस्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालय लक्ष्मणबाबु भवनमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमै वितरण गरिने कम्पनीले जनाएको छ ।

सो अवसरमा रियलमीका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो, ‘सर्वप्रथम त स्कुटर जित्न सफल सबै बिक्रेतालाई बधाई दिन चाहन्छु । साथै रियलमी स्मार्टफोन आमउपभोक्तामाझ सहजरूपमा पुर्‍याउन सहयोग गर्नुहुने सम्पूर्ण बिक्रेतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, मलाई आशा छ, आगामी दिनमा यसैगरी रियलमीलाई साथ र सहयोग प्रदान गर्नुहुनेछ ।’ उक्त स्किमअन्तर्गत काठमाडौंको डिजी मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिञ्चोक मोबाइल, दमकबाट अम्बे मोबाइल एण्ड इलेक्ट्रोनिक्स, बागलुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौंडाबाट न्यु युनिक वाच एण्ड मोबाइल सेन्टर स्कुटर जित्न सफल भएका थिए ।

त्यस्तै, जनकपुरबाट एम टेक, ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, सामसुङ मोबाइल एण्ड इलेक्ट्रोनिक, वीरगञ्जबाट सुजित मोबाइल सेन्टर र गणेश मोबाइल सेन्टर, नेपालगञ्जबाट किरण मोबाइल सेन्टर, धनगढीबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम् सप्लायर्स र दाङबाट न्यु सभियोग मोबाइल सप र बुटवलबाट निश्चल मोबाइल सेन्टर पनि स्कुटर जित्न सफल भएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?